सोमबार, २२ असार २०७७
samadhannews
nepal telecome

नेपालमा बितेको २४ घन्टामा थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार थपिएका संक्रमितमध्ये ४० जना महिला छन् । बाँकी ५ सय ४६ जना पुरुष हुन् ।

थपिएका संक्रमितसँगै मुलुकभरका संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
अहिले कोरोना भाइरसबाट नेपालमा २० जनाको मृत्यु भएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *