शुक्रबार, २१ चैत २०७६
samadhannews
nepal telecome

पाइला महिला समूहले सिकायाे सेनीटाइजर बनाउन

मझेरी पाटनस्थित पाइला महिला समूहले घरेलु सेनीटाइजर बनाउने तालिम गरेका छन् । घरेलु सेनीटाइजर बनाउँदा अल्कोहल, ग्लिसरिन र घ्युकुमारीको जेललाई मिश्रण गरिएको छ । शान्ति श्रेष्ठ उदासले दिएकी तालिममा समूहका १९ जना महिलाले भाग लिएका छन् ।
समूहकी अध्यक्ष प्रतीक्षा न्यौपानेले प्रशिक्षणका क्रममा उत्पादिन भएका सेनीटाइजर पोखरा १४ मा निशुल्क वितरण गरिने सुनाइन् । प्रदेश सभाका सांसद प्रभा कोइरालाले सामुदायिक स्वास्थ्य कायम राख्न र कोरोनाको प्रकोपबाट जोगिन प्रदेश सरकारले ल्याएका कार्यक्रम बारे जानकारी दिएकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *