गण्डकी प्रदेश संसदीय पत्रकार मञ्चमा लाल

समाधान सम्वाददाता
संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा कान्तिपुर दैनिकका संवाददाता लालप्रसाद शर्मा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार पोखरामा भएको पहिलो अधिवेसनबाट पुन अध्यक्षमा शर्मा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्ष दी हिमालयन टाइम्सका पोखरा प्रमुख एवं समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, सचिव नागरिक दैनिकका विशन क्षेत्री, सहसचिव सबैको आवाज साप्ताहिककी सम्पादक तारा चापागाइ र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका संवाददाता रोहितराज पराजुली निर्वाचित भएका छन् ।
हिमाल खबरपत्रिकाका संवाददाता युवराज श्रेष्ठ, एपीवान टिभीका संवाददाता सागरराज तिमिल्सिना, नागरिक दैनिकका फोटो पत्रकार उमेश पुन, समाधान दैनिकका फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’ आदर्श समाजका संवाददाता प्रकाश ढकाल र गण्डकी टिभीका संवाददाता उमा आले सदस्य चुनिए ।
अधिवेशनमा मञ्चका सचिव विशन क्षेत्रीले पेस गरेको प्रतिवेदन र कोषाध्यक्ष रोहितराज पराजुलीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।
तपाईको प्रतिक्रिया