अचम्मको घटना, जुुम्ल्याहा बच्चाका बाबु फरक फरक, प्रहरीको दवावपछि आमाले खोलिन रहस्य

एजेन्सी
आमाको कोखमा नौ महिनासम्म संगै बसेर जन्मिएका दुई सन्तानको बाबु फरक फरक हुन्छन भनेर कसैले भन्यो भने कसले विश्वास गर्लार ? तर यो संसारमा यस्तो अचम्म पनि हुने रहेछ । चीनको झियामेन सहरमा एक महिलाले यस्ता दुई जुम्ल्याहा सन्तानलाई जन्माइन्, जसका पिता अलग अलग छन् । बच्चा जन्मिएपछि डीएनए टेस्टमा यस्तो कुरा खुलासा भएको हो ।
बावुआमा बनेको उक्त जोडी जब आफ्ना सन्तानको नाम प्रहरीकहाँ दर्ता गराउन गए । त्यो बेला डिएनए टेष्ट गर्दा दुइ बालको डिएनए रिपोर्ट फरक फरक निस्कियो । त्यसपछि सोधपुछ गर्दा महिलाले आफ्नो गल्ती स्वीकार गरिन् ।
सँगै जन्मिएका दुई सन्तानको भिन्न अनुहार देखिएपछि बावुले शंका गर्दै यसबारे चासो देखाए । फलस्वरुप प्रहरीकहाँ डीएनए टेस्टसँगै महिलालाई सोधियो । महिलाले भने सुरुमा जवाफ दिएकी थिइनन् । पछि डीएनए रिपोर्ट आएपछि आफूले फरक दुई पुरुषसँग सम्बन्ध राखेको स्वीकार गरेकी थिइन् ।
यससँगै उक्त दम्पत्तिले पाएको जुम्ल्याहा सन्तानको बारेमा चीन र विदेशमा समेत समाचार बनेको छ । अन्तर्राष्ट्रिय मिडियाले यस घटनालाई एक अनौठो समाचारको रुपमा सन्प्रेषण गरेका छन् ।
तस्विर साभार अन्नपूर्णपोष्ट डटकमबाट
तपाईको प्रतिक्रिया