मीटूबाट आहत मेक्सिकन रकस्टार अर्मान्डोले सुसाइड गरे

एजेन्सी
मीटूमार्फत आफूलाई यौन दुर्व्यवहारको गलत आरोपमा फसाइएको जिकिर गर्दै मेक्सिकन रकस्टार अर्मान्डो भेगा गिलले आत्महत्या गरेका छन् । मीटूमेक्सिकनम्युजिसियन नामक ह्यागट्यागमार्फत एक महिलाले आफू १३ वर्षको छँदा अर्मान्डोले यौन दुर्व्यवहार गरेको आरोपसहित सामाजिक सञ्जालमा लेखेकी थिइन् ।
जुन बेला संगीतकार ५० वर्षको भएको बताइएको छ । उक्त युवतीले आफ्नो परिचय भने गोप्य राखेकी थिइन् । मेक्सिकन एक रक ब्यान्डका बेसिस्ट ६४ वर्षीय अर्मान्डोले आफू निर्दोष रहेको र आरोप असत्य रहेको लामो स्टाटसको ‘सुसाइड नोट’ ट्वीट गरी घरमै आत्महत्या गरेका थिए ।
‘ममाथि लगाइएको त्यो बेनामे आरोप सरासर झूट हो भनेर मैले भन्नु जरुरी हुनेछ,’ अर्मान्डोले आत्महत्या गर्नुअघि लेखेको चिठीमा भनेका छन्, ‘र, मेरो यो मृत्यु गल्ती स्वीकारको कदमका रूपमा पनि नबुझिदिनुहोला । म इमानदार हुनुको प्रमाण हो । म मेरो छोराको भविष्यको बाटोमा कुनै अवरोध नहोस् भन्ने पनि चाहन्छु । सायद मविरुद्ध लगाइएको यो झूटा आरोपको असर उसलाई पक्कै पनि पर्नेछ ।’
पत्नीसँग सम्बन्धविच्छेद गरिसकेका उनको आठ वर्षको छोरा छन् । अर्मान्डोले आरोप लगाइसकेपछि मान्छेले शंका गर्न थालेको र आफूले सामाजिक सञ्जालमा प्रतिरक्षा गर्न नसकेको भन्दै यसले आफ्नो करिअर नै समाप्त हुनेछ भन्ने लागेको पनि उल्लेख गरेका छन् । ‘यस्तो परिस्थितिमा मैले जे भने पनि त्यो मेराविरुद्ध नै प्रयोग हुनेछ,’ उनले चिठीमा भनेका छन् ।
आरोप लगाउने युवतीले ट्वीटरमा अर्मान्डोको नाम मुछदै लेखेकी थिइन्, ‘१३ वर्षअघि उसले मलाई आफ्नो घरमा बोलाएर चुम्बन गर्नुका साथै यौन दुर्व्यवहारको प्रयास गरेको थियो ।’
तपाईको प्रतिक्रिया