पाकिस्तानको एक तरकारी बजारमा बम बिस्फोट, १६ को मृत्यु, ३० घाइते
समाधान संवाददाता
२०७५ चैत २९ गते १४:०३

एजेन्सी
पाकिस्तानमा शुक्रबार बिहान भएको बम बिस्फोटमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ।
दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको राजधानी क्वेटाको हजारगन्जी तरकारी बजारमा भएको बम बिस्फोटमा १६ जना हजारा आदिवासीको ज्यान गएको जनाइएको छ। सिया मुस्लिम समुदायलाई लक्षित गरी गरिएको उक्त बिस्फोटमा परी ३० जना घाइते भएका छन्।
आलुको बोरामा राखिएको बम व्यस्त तरकारी बजारमा बिस्फोट भएको प्रहरीले जनाएको छ।
बिस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन।
सम्बन्धित
तपाईको प्रतिक्रिया