संयोजक चयन गर्न नसक्दा बेरोजगार भत्ता वितरण भएन
समाधान संवाददाता
२०७६ वैशाख १२ गते ९:२३

समाधान, काठमाण्डौं
चालू आर्थिक वर्षमा बेरोजगार भत्ता वितरण नहुने भएको छ ।
बेरोजगार पहिचान र उपलब्ध रोजगारी यकिन गर्ने कार्यमा भएको ढिलाई तथा न्यूनतम रोजगरीको अवधि बाँकी नुहँदा यस वर्ष बेरोजगार भत्ता वितरण असम्भव देखिएको हो ।
न्यूनतम रोजगारी दिन नसकेमा बेरोजगारलाई भत्ता उपलब्ध गराउने भन्दै सरकारले फागुन १ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा घोषणा गरेको थियो ।
तर रोजगार संयोजक नियुक्ति गर्न दुई पटक परीक्षा सञ्चालन गर्दासमेत अझै २५ स्थानीय तहमा संयोजक खटाउन सकेको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया