लाउडा एयरका मालिकको निधन

एजेन्सी, काठमाडाैं
लाउडा एयरका संस्थापक निकी लाउडाको निधन भएको छ। ७० वर्षीय लाउडाको सोमबार घरमै निधन भएको उनको पारिवारिक स्रोतले पुष्टी गरेको छ। अष्ट्रियाका लाउडा फरारी कार रेसमा तीन पटक विश्व च्याम्पिएन बनेका थिए।
रेसिङका क्रममा सन् १९७६ मा दुर्घटनामा परेका थिए। दुई सय मिटर प्रतिघन्टाको गतिमा रहेको उनको कार दुर्घटनामा परेको थियो। तीव्र गतिको कारमा आगो लागेको थियो। ५५ सेकेन्डमा उनलाई कारबाट निकालियो। उनको शरिरको धेरै भाग जलेको थियो भने फोक्सोमा पनि क्षति पुगेको थियो। उनी बाँच्छन् भन्ने कमैलाई आशा थियो।
‘तर म मर्न होइन बाँच्न चाहन्थे,’ लाउडाले पछि उक्त घटनाबारे भनेका थिए।
उक्त दुर्घटनाको ४२ दिनमै लाउडाले फेरि रेसिङ प्रतिष्पर्धामा भाग लिएका थिए।
लाउडाले सन् १९७९ मा लाउडा एयर स्थापना गरेका थिए।
लाउडा एयर नेपालसँग पनि जोडिन्छ। गिरिजाप्रसाद कोइरालाको तत्कालीन सरकारले लाउडा जहाज भाडामा लिँदा गरेको भनिएको अनियमिततालाई प्रतिपक्षीले निकै पछिसम्म राजनीतिक मुद्दा बनाएका थिए।
तत्कालीन शाही नेपाल वायु सेवा निगमले बिना टेन्डर लाउडा एयरको बोइङ ७६७ जहाज १८ महिनाका लागि भाडामा ल्याउँदा प्रतिघन्टाको भाडामा निकै बढी राखिएको भनेर विरोध भएको थियो।
लाउडाले पछि १९९०मा उक्त एयरलाइन्स बेचेका थिए।
तपाईको प्रतिक्रिया