राप्रपाको मुक्तिनाथ देखि मेची–महाकाली राष्ट्रिय स्वभिमान यात्रा

समाधान संम्वाददाता, मुस्ताङ
राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ देखि आफ्नो दोश्रो चरणको राष्ट्रिय मेची–महाकाली स्वभिमान यात्रा सुरु गरेको छ । पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापा लगायतका नेता तथा कार्यकर्ताहरुले मुक्तिनाथ मन्दिरमा धार्मिक पुजापाठ गरी स्वभिमान यात्रा सुरु गरे।
दोश्रो स्वभिमान यात्राको शिलशिलामा मुस्ताङ आएको राप्रपाले जोमसोममा कोणसभा ग¥यो ।सभाको स्वामी जगत गुरु मोहनशरण देवाचार्यले उद्घाटन गरे ।
सभामा मुख्य अतिथिको रुपमा बोल्दै राप्रपा अध्यक्ष थापाले हिन्दु राष्ट्रको पूनस्थापना ,राजसंस्थासहितको लोकतन्त्र र भष्ट्रचार लगायतका बिषयमा पार्टीले दोश्रो चरणको स्वभिमान यात्रा सुरु गरेको बताए । मुस्ताङको पवित्रधाम मुक्तिनाथको चर्चा गर्दै पार्टी अध्यक्ष थापाले मुक्तिनाथक्षेत्र धार्मिक,सांस्कृति महत्वले प्रख्यात रहेको उल्लेख गरे ।उनले मुक्तिक्षेत्रमा प्राचिनकाल देखिनै देवी देवताहरुले बिचरण,ऋषिमुनीहरुले तपस्या गर्ने र मानव जीवनमा उपयोगी बिचार प्रतिवादन गर्ने थलो भएको उल्लेख गरे ।
अध्यक्ष थापाले मुक्तिनाथ र उत्तरी कोरलानाका महत्वपूर्ण भएकाले सरकारले सुस्ताएको कोरलानाका सडक बिस्तारलाई गति प्रदान गर्न आग्रह गरे । सुरुआत देखिनै नेपाललाई राप्रपाले सबै धर्मकोबीचमा सद्भाव,समानता र स्वतन्त्रता कायम राख्दै सनातमन धर्म संस्कृति हिन्दु राष्ट्रको आवाज उठाउदै आएको उल्लेख गरे ।
अध्यक्ष थापाले मुलुकमा संघीयता कुन चरोको नाम हो भन्ने थाहा नभएकाहरुले मुलुकमा संघीयताको बोझ लादेको आरोप लगाए । उनले बिगत १२ वर्षको समयमा नया नेपाल बनाउने बहानामा अन्धाधुन्द भ्रष्टाचार मौलाएको,गरिबी दर बृद्धि भएको ,बिदेशी हस्तक्षेत्र बढेको र ४५ लाख नेपाली यूवा बिदेश पलायन हुन बाध्य भएको जनाए । उनले बिगतका गल्तीहरु सच्याएर अघि बढ्न सरकारलाई सुझाए ।राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपा धर्मनिरिपेक्षताको लडाई लडेको बताए ।उनले राप्रपा प्रजातन्त्रवादी पार्टी भएकाले नेपालमा राष्ट्रवाद,मौलिक धर्म संस्कृति जगेर्ना गरेर बिकासको ढोका खोल्ने उद्देश्यले अघि बढेको उल्लेख गरे ।
राप्रपाको दोश्रो चरणको स्वभिमान यात्राको शिलशिलामा मुस्ताङ आएका जगतगुरु मोहनशरण देवाचार्यले बुद्ध धर्म र हिन्दु धर्म नङ र मासुको जस्तो संम्वन्ध रहेको बताए ।सनातन धर्म संम्वन्धि प्रवचनका क्रममा उनले धर्म निरीपेक्षताले एक अर्काबीचको समानता र अपनत्व कायम गर्नसक्ने जनाए । कार्यक्रममा राप्रपा उपाध्यक्ष भीमप्रसाद गौचन,गण्डकी प्रदेश कमिटीका अध्यक्ष हेमजङ गुरुङ,घरपझोङ २ का वडाअध्यक्ष मानबहादुर बिक र गण्डकी प्रदेश कमिटी सचिव तथा जिल्ला पार्टी सचिव अजित थकाली लगायत राजसंस्थासहितको हिन्दु राज्य कायम हुनुपर्नेमा जोड दिए ।
राप्रपाले मुलुकभर स्वाभिमान यात्रा गर्ने लक्ष्यसहित मुस्ताङमा दोश्रो चरणको कार्यक्रम भएको हो । यसअघि राप्रपाले ताप्लेजुङ पाथिभरा मन्दिर देखि पहिलो चरणको स्वभिमान यात्रा काठमान्डौमा समापन गरेको थियो । गण्डकी प्रदेशका अध्यक्ष हेमजुङ गुरुङले मुक्तिनाथ देखि सुरु भएको स्वभिमान यात्रा गोर्खामा पुगेर समापन हुने जानकारी दिए ।
तपाईको प्रतिक्रिया