कांग्रेसले कास्की २ मा खेमराजलाई उठाउने

समाधान संवाददाता २०७६ कार्तिक २० गते १४:५०

समाधान संवाददाता, पाेखरा

Advertisement

मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की प्रतिनिधिसभा क्षेत्र २ मा नेपाली कांग्रेसले स्थानीय नेता खेमराज पौडेललाई उठाउने तयारी गरेको छ ।

चर्चामा रहेका केन्द्रीय सदस्य धनराज गुरूङले स्थानीय नेतालाई उठाउनुपर्ने बताउँदै टिकटको दौडबाट हटेपछि पौडेललाई उठाउने तयारीमा कांग्रेस पुगेको हो ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले उम्मेदवार छान्न ढिलाइ भएपछि सभापति देउवालाई नै जिम्मेवारी दिएको छ। बैठक स्थलबाट बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बाहिरिसकेका छन्।

देउवाले नै धनराज बाहिरिएपछि खेमराजलाई उम्मेदवार बनाउने बैठकमा प्रस्ताव राखेका थिए। ‘खेमराज पौडेललाई उम्मेदवार बनाउने कुरा भएको छ। औपचारिक निर्णय भइसकेको छैन,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

Advertisement


तपाईको प्रतिक्रिया