इरानले गर्‍यो इराकस्थित दुई अमेरिकी सुरक्षा अड्डामा मिसाइल हमला

समाधान संवाददाता २०७६ पुष २३ गते १२:२२

एजेन्सी

Advertisement

अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ।

मंगलबार इरानमा सुलेमानीको अन्तिम संस्कार गरिने बताइएको भएपनि सोमा सहभागीबीच भागदौड मच्चिँदा ४० जनाको ज्यान गएपछि स्थगित गरिएको थियो।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिँदै इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ।

‘यी मिसाइलहरू इरानबाट हानिएको स्पष्ट छ। इराकका अल-असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्धनका मानिसहरू बस्ने ठाउँलाई निशाना बनाइएको छ’,  अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्तव्यमा भने।

Advertisement

उनले इरानी सरकारले अमेरिकी सुरक्षा फौज र चाहनामाथि आक्रमण गर्ने योजना गरिरहेकाले आक्रमणपछि सुरक्षा आधार क्षेत्रलाई उच्च सतर्कतामा राखिएको बताए।

सो क्षेत्रमा रहेका अमेरिकी नागरिक, साथी तथा गठबन्धनको सुरक्षाका लागि आवश्यक कदम चालिने पेन्टागनले बताएको छ।

तपाईको प्रतिक्रिया