पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई सुनाइएको मृत्युदण्ड ‘रद्द’

समाधान संवाददाता २०७६ पुष २९ गते १२:३४

एजेन्सी, लाहाेर

Advertisement

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई विशेष अदालतले सुनाएको मृत्यु दण्डको फैसला असंवैधानिक भएको लाहोर उच्च अदालतले फैसला गरेको छ।

लाहोर उच्च अदालतको बेन्चले मुसर्रफले मृत्युदण्डको फैसला कानुनसम्मत नभएको निवेदनमा सुनुवाइ गर्दै यो फैसला गरेको हो।

अदालतको संक्षिप्त फैसला केहीबेरमा आउने जनाइएको छ। तीन सदस्यीय न्यायाधीशको इजलासमा उक्त फैसला गरिएको पाकिस्तानी सञ्चार माध्यम द डनले जनाएको छ।

मुसर्रफलाई इस्लामावादस्थित उच्च अदालतले १७ डिसेम्बर २०१९ मा मृत्युदण्डको सजाय सुनाएको थियो। आफ्नो कानुनी प्रकृया पूरा नगरेको भन्दै उच्च अदालतले विशेष अदालतलाई पनि खारेज गरिदिएको द डनले जनाएको छ।

Advertisement

अहिले मुसर्रफ उपचारका लागि दुबईमा रहेका छन् । यसअघि विशेष अदालतले मुसर्रफको मृत्यु भए पनि उनको लासलाई तानेर इस्लामावादमा तीन दिनसम्म झुण्ड्याउन आदेश दिएको थियो।


तपाईको प्रतिक्रिया