कोरोना भाइरसले लियो १७ चिनियाँको ज्यान, वुहान सहरमा बस, रेल र विमानस्थल बन्द

समाधान संवाददाता २०७६ माघ ९ गते १२:०२

एजेन्सी

Advertisement

चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसले १७ चिनियाँको मृत्यु भएको छ।

स्वास्थ्य अधिकारीहरूले बुधबारसम्म संसारभर ५८२ जनामा यो भाइरसको संक्रमण देखिएको जनाएका छन्। त्यसमध्ये ५७१ जना चिनियाँ छन्।

यो भाइरस सबैभन्दा पहिला वुहानमा रहेको हुवानान होलसेल सीफुड मार्केटबाट यो मान्छेमा सरेको थियो।

त्यसपछि संक्रमित मानिसबाट अरूमा सर्दै गएपछि अहिले कोरोना भाइरस थाइल्यान्ड, हङकङ, मकाउ, ताइवान, अमेरिका, जापान र दक्षिण कोरियासम्म फैलिइसकेको छ। 

Advertisement

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि चीन सरकारले वुहान सहरलाई पूर्ण रूपमा बन्द गरिदिएको छ। बिहीबार बिहानदेखि त्यहाँका बस, रेल, विमानस्थल, होटल, रेष्टुरेन्ट बन्द गरिएका छन्।

वुहानका मानिसलाई अत्यावश्यक काम नपरी बाहिर नजान भनिएको छ। सडकमा चेक पोइन्टहरू राखिएको छ। जहाँ स्वास्थ्य अधिकारीहरूले कारमा रहेका मानिस जाँच गरेपछिमात्र जान दिन्छन्।


तपाईको प्रतिक्रिया