सभामुखको निर्वाचन आज
समाधान संवाददाता
२०७६ माघ १२ गते ११:४८

समाधान संवाददाता, काठमाडाैं
प्रतिनिधि सभाको सभामुखको लागि आज निर्वाचन हुँदैछ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार ३ बजे संसद भवन बानेश्वरमा निर्वाचन हुनेछ।
सभामुखको लागि नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएदेखि सभामुख पद रिक्त छ।
महरा पुर्पक्षका लागि जेलमा छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया