प्रदेश प्रमुख शेरचनद्वारा पहिलो विधेयक प्रमाणीकरण
समाधान संवाददाता
२०७६ माघ १४ गते १२:०५

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाद्वारा पारित विधेयक प्रमाणीकरण गरेका छन् । ‘गण्डकी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका हुन् ।
यसअघि गण्डकी प्रदेशसभाद्वारा पारित भएपछि उक्त विधेयक सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका चालु आर्थिक वर्षको यो आठौं विधेयक हो ।
प्रदेश प्रमुखका रुपमा शेरचन आएपछि प्रमाणीकरण भएको यो पहिलो विधेयक हो । हालसम्म गण्डकी प्रदेशसभाबाट पारित ३२ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया