भारत अब ‘लकडाउन’, रेल र बस सेवा बन्द
समाधान संवाददाता
२०७६ चैत ९ गते १६:२८

एजेन्सी
कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिन थालेपछि भारतले ‘लक डाउन’ गरेको छ ।
यसअघि अन्तर्राष्ट्रिय उडान रोकेका भारतले अब बस रेल सेवा पनि बन्द गर्ने घोषणा गरेको छ । भारतीय गृह मन्त्रालयकाअनुसार अन्तर प्रदेश बस सेवा ३१ मार्चसम्म स्थगित गरिएको छ भने आइतबार मध्यरातदेखि मार्च ३१ सम्म यात्रु बाहक रेल सेवा बन्द हुनेछ ।
भारतीय रेल वे कम्पनीकाअनुसार मालबाहक रेल भने सञ्चालनमा रहनेछन् ।
कोरोना संक्रमणका कारण भारतमा ६ जनाको मृत्यु भइसकेको छ भने ३३२ जना संक्रमित भेटिएका छन् ।
भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया