माउन्ट अन्नपूर्ण स्कुलमा अनलाइन कक्षा सञ्चालन

समाधान संवाददाता २०७६ चैत २८ गते १५:०४

समाधान संवाददाता
पोखरा

Advertisement


विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास नेपालमा अझ धेरै लम्बिने सम्भावनासँगै पोखराको माउण्ट अन्नपूर्ण माविले विद्यार्थीहरुलाई अनलाइन कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

विद्यालय प्रशासनसँगको सहकार्य तथा विद्यालयका +२ संयोजक कृष्ण लम्साल, प्रशासक प्रदिप पोख्रेल र विज्ञान विषय शिक्षक तथा होस्टल इन्चार्ज पुरन श्रीसको संयोजकत्वमा दैनिक रुपमा विद्यार्थीहरुले घरबाटै आफ्ना शिक्षकहरु मार्फत विषयगत अध्ययन गर्दै आएको विद्यालयका प्राचार्य प्रदिपकुमार लम्सालले जानाकारी दिए ।

नयाँ शैक्षिक सत्रमा पनि ‘लकडाउन’ यसै गरी अनिश्चित रुपमा लम्बिँदै गएमा नयाँ शैक्षिक सत्र अन्तर्गतका कक्षाहरु पनि अनलााइन मार्फत नै सञ्चालन गर्न विद्यालय तयारी अवस्थामा रहेको पनि उनले जानाकारी दिए । विशेष गरी (माध्यमिक शिक्षा परीक्षा) एस.ई.ई. तथा कक्षा ११ र १२ का विद्यार्थीहरुको अन्तिम परीक्षालाई लक्षित गरी चलाइएको यो कार्यक्रममा इन्टरनेटको पहुँच पुगेका तमाम अभिभावक तथा विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएको पाइएको छ ।

Advertisement

कोरोना भाइरस (कोभिड–१९) को सन्त्राससँगै नेपाल सरकारले घोषणा गरेको ‘लकडाउन’का कारणले सम्पूर्ण विद्यार्थीहरु घर–घरमै छन् । ‘लकडाउन’को चपेटामा परेका विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यालय परिवारले जुम एप्लिकेसन मार्फत अनलाइनमा जोडिन सम्पूर्ण विद्यार्थीलाई आग्रह पनि गरेको छ । यो जुम एप्लिकेसन को उच्चतम् प्रयोग गरी शिक्षक विद्यार्थीबीच आवश्यक अन्तक्र्रिया र परामर्श गर्न सकिने कुरा उल्लेख छ । जुम एप्लिकेसन मार्फत अनलाइनमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई विद्यालय प्रशासनका तर्फबाट प्राचार्य प्रदिपकुमार लम्साल र निर्देशक अशोककुमार शाहीले टेलिफोनमार्फत पनि आवश्यक सरसल्लाह र सुझाव अभिभावक तथा विद्यार्थीहरुलाई दिइरहेको जानाकारी दिए ।


कोरोना भाइरसको विषम परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयले चालेको यो कदमप्रति सम्बन्धित अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरुले अत्यन्तै खुशी व्यक्त गरेको कुरा विद्यालयक व्यवस्थापन समितिका अध्यक्ष गिरी प्रसाद गुरुङले प्रकाश पारे । प्रविधिमैत्री सिकाइ अहिलेको समयको आवश्यकता रहेको र यसले विद्यार्थीहरुलाई थप सक्रिय र सिकाइप्रति उत्साहित बनाएको कुरा विद्यालयका +२ संयोजक कृष्ण लम्सालले जानाकारी दिए ।

तपाईको प्रतिक्रिया