खुट्टाले धारा दबाउनुस्, मज्जाले हात धुनुस्

समाधान संवाददाता २०७७ वैशाख २१ गते २०:५७

स्याङ्जा


Advertisement

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)  जिल्ला कमिटी स्याङ्जा र नेपाल इन्जिनियर्स  एसोसिएसन (नेइए) गण्डकी प्रदेशद्वारा जिल्ला अस्पताल स्याङ्जालाई खुट्टाद्वारा चल्ने हात धुने प्रणाली (फुट अपरेटेड ह्यान्ड वास सिस्टम) हस्तान्तरण गरिएको छ । 

हातले पटकपटक पानीको धारा र ह्यान्ड वास छुँदा ब्याक्टेरिया सर्नसक्ने हुनाले हातले छुनै नपरी खुट्टाले चलाउने प्रणाली बनाइएको पिन स्याङ्जाका अध्यक्ष टीकाराम रेग्मीले जानकारी दिए । सन्तोष थापा र रामचन्द्र गिरीले प्रणालीबारे जानकारी गराएका थिए ।  कार्यक्रममा जिल्ला समन्वय महासंघ नेपालकी अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख सीताकुमारी सुन्दासले प्राविधिक जनशक्तिले सामान्य कुरामा पनि विशेष आखाले हेर्न सक्ने र फरक तरिका अपनाउन सक्ने क्षमता भएको बताइन् । 

पुतलीबजार नगर प्रमुख सीमा क्षेत्रीले इन्जिनियरहरुको यो कामले आफू उत्साहित भएको भन्दै धन्यवाद ज्ञापन गरिन् । जिल्ला अस्पताल स्याङ्जाका मेडिकल सुपरिटेन्डेट डा.सुशील मरासिनीले पिनको सहयोगलाई अत्यन्तै उत्साहसहित ग्रहण गरेको र यसलाई थप परिस्कृत गर्न आफूले भूमिका खेल्ने बताए ।

जिल्ला अस्पताल स्याङ्जाका अध्यक्ष लोकराज शर्माकाे अध्यक्षतामा भएकाे कार्यक्रम सञ्चालन पिन स्याङ्जाका अध्यक्ष टीकाराम रेग्मी र सचिव टेक खड्काले शुभकामना व्यक्त गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया