नेकपाको स्थायी कमिटी बैठक भोलि
समाधान संवाददाता
२०७७ वैशाख ३० गते १४:३७

समाधान संवाददाता
स्थायी कमिटी बैठक नडाकेर विवादित बनेको नेकपाको सचिवालयले अन्तत बैठक बोलाएको छ । बुधबारका लागि स्थायी कमिटी वैठक बोलाइएको नेकपा श्रोतलाई उल्लेख गर्दै एजेन्सीहरुले समाचार लेखेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको छ । वैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए ।
त्यसपछि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया