भारतमा २४ घन्टामा साढे ५ हजार संक्रमित

समाधान संवाददाता २०७७ जेठ ८ गते ५:५१

नयाँदिल्ली, एजेन्सी

Advertisement

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार योसहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख ६ हजार ७ सय ५० पुगेको छ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १४० जनाको मृत्यु भएको छ। यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ३ सय ३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन्।

यहाँ कोरोना भाइरसबाट संक्रमित कूल व्यक्तिमध्ये ४२ हजार २ सय ९८ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ६१ हजार १ सय ४९ जना उपचारका क्रममा रहेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया