काेराेनाले लियाे विश्वभर ३ लाख ७२ हजारकाे ज्यान

पाेखरा
काेराेना संक्रमणले विश्वभर ३ लाख ७१ हजार ७ सय जनाकाे भएको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको सोमबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सबैभन्दा बढी १ लाख ४ हजार ३ सय ५६ हजार काे मृत्यु भएकाे छ ।
बेलायतमा ३८ हजार ५ सय ७१, इटालीमा ३३ हजार ४ सय १५, ब्राजिलमा २९ हजार ३ सय १४ को मृत्यु भएको छ।
साेमबार बिहानसम्म विश्वभर ६१ लाख ५२ हजार १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको संख्या अमेरिकामा सबैभन्सदा बढी १७ लाख ८८ हजार ७ सय ६२ जना छ।
ब्राजिलमा ५ लाख १४ हजार ८ सय ४९, रुसमा ४ लाख ५ हजार ८ सय ४३, बेलायतमा २ लाख ७६ हजार १ सय ५६, स्पेनमा २ लाख ३९ हजार ४ सय ७९, इटालीमा २ लाख ३२ हजार ९ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर २६ लाख ३७ हजार ४ सय ९६ जना संक्रमित सोमबार बिहानसम्म संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ४ लाख ४४ हजार ७ सय ५८ जना छ। ब्राजिलमा २ लाख ६ हजार ५ सय ५५, रुसमा १ लाख ७१ हजार ८ सय ८३, जर्मनीमा १ लाख ६५ हजार ३ सय ५२ जना संक्रमणमुक्त भएका छन्।
तपाईको प्रतिक्रिया