बजेट नीलाे आकाशजस्तै

इन्द्रधारा विष्ट
खासै के राम्रो आउला र भनेर आँकलन गर्ने धेरै थिए, अर्थमन्त्रीज्यूले बजेट प्रस्तुत गरिरहँदा र मैले सुनिरहँदा कतै म सपनामा छ छैन भन्ने भयो । बजेट वक्तव्य पल्टाइपल्टाइ अध्ययन पनि । पढ्दा यो बजेट आकाशजस्तै विशाल लाग्यो । दीगो विकासका लक्ष्यसहित प्रदेशको पञ्चवर्षीय योजनालाई पछ्याउँदै र प्रदेशबासीको आवश्यकतालाई मध्यनजर गरी यो बजेट आएको देखिन्छ ।
बुँदाबुँदामा स्वास्थ्य क्षेत्र समेटिएको छ । व्यवसायीका लागि व्यवसाय रक्षाका लागि बजेट आएको छ । संघीयतालाई आत्मसात गरेको छ । संघीय सरकारको बजेटलाई आधार मानिएको देखिन्छ । स्थानीय तहलाई बजेट वित्तीय समानीकरण अनुसार बजेट छुट्याएको छ । बजेटको यो नीलो किताब धनीले देख्ने नीलो आकाश जस्तै, गरिबले देख्ने नीलो आकाश जस्तै र सबैले हेर्दा उस्तै नीलो देखिने विशाल आकाश जस्तै छ ।
प्रदेश सरकार च्यात्ने कैची होइन, सिलाउने सियोको रुपमा प्रष्ट देखिन्छ । प्रदेश सरकार बाटो हेरेर हिँडेको छ । ढुकुटी हेरेर बजेट ल्याएको छ । घाँटी हेरेर हाड निल्ने भनेजस्तै । विगतमा बाटोघाटोमा खाल्डाखुल्डी थिए । अहिले सडकहरु सलल बनेका छन् ।
हिमाली भेगमा हिउँदमा हिउँ पर्ने हुँदा आर्थिक वर्ष हिमाली क्षेत्रका लागि सार्न पाए धेरै सहज हुने थियो । धेरै विकास निर्माणमा सहयोग हुने थियो ।
गण्डकी प्रदेशसभामा आगामी आवकाे बजेटमाथिकाे छलफलका क्रममा नेकपा सांसद बिस्टले राखेकाे विचार।
तपाईको प्रतिक्रिया