कांग्रेस महामन्त्री शशांक काेइरालालाई काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ भदौ २३ गते १८:०१

समाधान संवाददाता
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस संक्रमण भएको छ ।
साेमबार साँझ स्वाब दिएका काेइरालाकाे मंगलबार कोरोना पोजेटिभ देखिएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन् ।
स्वकीय सचिव तिवारीका अनुसार कोइरालालाई सोमबार ज्वरो आएकाे थियाे । त्यसैले कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा काेराेना परीक्षण गराउँदा रिपोर्ट पाेजिटिभ आएकाे थियाे । तर बाेर्डर लाइनमा भएका कारणा थप परिक्षण गर्न फेरि स्वाब दिइएकाे थियाे ।
त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिए ।
उनले आफूसहित सचिवालयका सदस्य र केही केन्द्रीय सदस्यको समेत स्वाव परीक्षणका लागि लगिएको र रिपोर्ट भने आइनसकेकाे बताएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया