नेकपा संगठित सदस्य रानाभाट कांग्रेसमा प्रवेश
समाधान संवाददाता
२०७७ भदौ २३ गते १९:१५

पोखरा
नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मादी गाउँपालिका वडा नम्बर १२ अलैंचे निवासी उनी २०५१ देखि तत्कालीन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा प्राविका पूर्व प्रधानाध्यापक हुन् । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका थिए ।
नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति बिर्जमान गुरुङ, प्रदेश सभापति कृष्ण कोइराला, मादी १२ का संयोजक कृष्णचन्द्र बराल, नेपाल तरुण दलका नेता कमल गुरुङको उपस्थितिमा उनलाई सदस्यता प्रदान गरिएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया