उत्तर काेरियाली तानाशाहले माफी मागे
समाधान संवाददाता
२०७७ असोज ९ गते १३:०२

एजेन्सी
उत्तर कोरियाली तानशाह शासक किम जोङ उनले दक्षिण कोरियाली अधिकारी मारिएको घटनाप्रति माफी मागेका छन्।
नेता किमले नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
दक्षिण कोरियाली राष्ट्रपति मून जेई इनलाई पत्र पठाउँदै नेता किमले नहुनुपर्ने घटना घटेको भन्दै माफी मागेको समाचारमा उल्लेख छ।
दक्षिण कोरियाले आफ्ना एक ४७ वर्षीय सरकारी अधिकारीलाई उत्तर कोरियाली सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया