सरकारको मुख्यसचिवमा बैरागी, युवराज खतिवडा अमेरिकाको राजदूत
समाधान संवाददाता
२०७७ असोज १५ गते १२:२९

समाधान संवाददाता
सरकारले शंकरदास बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले बैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको हो ।
मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएसँगै सरकारले नयाँ मुख्यसचिव बनाएको हो। कातिकमा कार्यकाल सकिने रेग्मीले बिहीबार राजिनामा दिएका थिए।
उनलाई सरकारले बेलायतका लागि राजदूतका लागि सिफारिस हो । पर्वतमा जन्मिएका बैरागी परराष्ट्र मामलाका जानकार हुन्। उनी परराष्ट्र मन्त्रालयका सचिव हुन्।
सरकारले अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषद् बैठकले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र आजै मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो।
सम्बन्धित
तपाईको प्रतिक्रिया