गगन र अर्जुननरसिंहसहित ४ कांग्रेस नेता काेराेना संक्रमित
समाधान संवाददाता
२०७७ असोज १७ गते २२:२८

समाधान संवाददाता, काठमाडौं ।
पूर्व स्वास्थ्य मन्त्री गगन थापासहित नेपाली कांग्रेसका ४ जना केन्द्रिय सदस्यमा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १६७ केन्द्रीय सदस्यसहित २४० जनामा काेराेना भाइरस संक्रमण परिक्षण गर्दा ४ जना नेता सहित ६ जनाकाे रिपोर्ट पोजेटिभ आएको छ ।
केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई संक्रमण देखिएको छ । अरु २ जना कर्मचारी भएको कांग्रेस कार्यालय स्रोतले बताएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मुद्दाबारे छलफल गर्न शनिबार पार्टी कार्यालयमा बैठक बसिरहेका बेला पीसीआर टेष्टको रिपोर्ट आएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया