गण्डकीका सांसद शर्मा भन्छन् : घरेलु रक्सी खुला गर

पाेखरा
गण्डकी प्रदेशका सांसद मणिभद्र शर्मा कँडेलले घरेलु रक्सीलाई करको दायरामा ल्याएर खुला रुपमा व्यापार गर्न पाउने व्यवस्था मिलाउन माग गरेका गरेका छन् ।
प्रदेश सभाको बैठकमा विशेष समय लिएर उनले विविधताले भरिएको नेपाली समाजको संस्कृतिसँग जोडिएको घरेलु रक्सीलाई गैरकानुनी भन्दै रोक लगाउन नहुने बताएका हुन् ।
उनले भने, ‘सहरमा विदेशबाट महंगा रक्सी झिकाएर सजाइएको छ । तर नेपालमा उत्पादन हुने घरेलु रक्सी बनाउनेलाई डण्डा लगाएर कुटिएको छ । जनजाति बाहुल्य भएको क्षेत्रमा सांस्कृतिक बाध्यता पनि छ । चाडपर्व र रितिरिवाज धान्नका लागि पनि घरेलु मदिरा आवश्यक छ ।’
विदेशी र नेपालीले नै महँगा रक्सी खुलमखुला बेच्न दिने तर गाउँले प्रविधिले बनाएका रक्सी उत्पादन र बेच्न नदिनु न्यायोचित नभएको उनको तर्क थियो ।
कानुन अनुसार करको दायरामा ल्याएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउन उनले सभामुखमार्फ सरकारको ध्यानाकर्षण गराए ।
र याे पनि
तपाईको प्रतिक्रिया