पृनाका ज्यालादारी शिक्षकको समस्या समाधान गर्न सांसद पहारीको माग

समाधान संवाददाता
पोखरा
गण्डकी प्रदेश सभाका सांसद राजीव पहारीले उनले पोखराको पृथ्वीनारायण क्याम्पसका ज्यालादारी शिक्षकको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।
प्रदेश सभाको बैठकमा विशेष समय लिएर उनले लामो समयदेखि ज्यालादारीमा पढाउँदै आएका शिक्षकले पटक पटक आन्दोलन गर्दा पनि निकास नआएका भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने, ‘१५ वर्षदेखि शिक्षकहरु ज्यालादारी हुनुहुन्छ । ७५ प्रतिशत पढाइ उनहाँहरुले धान्नुभएको छ, तर पनि करारमा लैजाने प्रक्रिया सुरु भएको छैन, यो दुखदायी छ ।’
ज्यालादारी शिक्षको समस्या समाधान गर्न पटकपटक सरकारसँग सहमति भएको भन्दै भन्दै ती सहमति तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरे ।
सांसद राजीव पहारीले सरकारले जारी गरेको मौद्रिक नीति कार्यान्वयन नहुँदा पर्यटन व्यवसायी असाध्यै मर्कामा परेको बताए ।
उनले भने, ‘मौद्रिक नीतिले राम्रो आए पनि कार्यान्वयन नभएकाले पर्यटन क्षेत्र तंग्रिने अवस्था छैन । नीति आए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।’
व्यवसायीको मोबाइलमा बैंकका घन्टी बजेर आजित बनाएको भन्दै पर्यटन क्षेत्रलाई उकास्ने गरी योजना ल्याउन पनि उनले आग्रह गरे ।
तपाईको प्रतिक्रिया