न्युजिल्याण्डमा इच्छामृत्युले कानूनी मान्यता पाउने

एजेन्सी
न्युजिल्याण्डमा इच्छामृत्युको पक्षमा मतदान भएको छ ।
न्युजिल्याण्डका मतदाताले युथनेजिया ९इच्छामृत्यु० लाई कानूनी मान्यता प्रदान गर्ने पक्षमा मत दिएका हुन् ।
अभियन्ताहरुले यसलाई करुणा र दयाका लागि जित रहेको बताएका छन् ।
प्रारम्भिक मत परिणाम अनुसार इच्छामृत्युलाई वैधता प्रदान गर्ने सम्बन्धी कानून कार्यान्वयनमा ल्याउने पक्षमा ६५.२ प्रतिशत मत परेको छ ।
कानून अनुसार गम्भीर बिरामी परेका व्यक्तिले दुई डाक्टरबाट स्वीकृति पाएमा इच्छामृत्यु प्राप्त गर्न सक्ने छन् । यसका लागि त्यस्ता बिरामीको जीवनकाल ६ महिना भन्दा कम रहेको जानकारी डाक्टरले दिएको हुनु पर्छ ।
सो कानूनको विपक्षमा रहेकाहरुले भने त्यसमा सुरक्षात्मक उपायको कमी रहेको बताउँदै आएका छन् ।
शुक्रबार घोषणा गरिएको जनमत संग्रहको नजितामा झण्डै चार लाख ८० हजार विशेष मत समावेश छैन । सोही कारण जनमत संग्रहको अन्तिम परिणाम नोभेम्बर ६ मा मात्रै घोषणा हुनेछ । तर अहिले नै इच्छामृत्युको पक्षमा ठूलो समर्थन मिलेकाले नतिजामा असर भने गर्ने छैन ।
जनमत संग्रहको नतिजा लागु गर्न सरकार बाध्य रहेकाले सो कानून आउँदो वर्ष २०२१ को नोभेम्बरमा लागु हुनेछ ।
विश्वमा सीमित देशले मात्रै इच्छामृत्युलाई कानूनी मान्यता दिएका छन् । नेदरल्याण्डस र क्यानडासँगै न्युजिल्याण्ड पनि अब इच्छामृत्युलाई मान्यता दिने देशको सूचिमा सामेल हुने भएको छ ।
इच्छामृत्युलाई प्रधानमन्त्री ज्यासिन्डा आर्डर्न र विपक्षी नेतृ जुडिथ कोलिन्सले पनि समर्थन गरेका छन्।
तपाईको प्रतिक्रिया