चित्रबहादुरको उपचार खर्च सरकारले व्यहोर्ने
समाधान संवाददाता
२०७७ कार्तिक २७ गते ११:४७

काठमाडौं
कोरोना संक्रमणबाट ग्रस्त राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणसहित निमोनियाँबाट सघन कक्षमा उपचाररत चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले ट्वीटमार्फत जनाए ।
राष्ट्रिय जनमोर्चाले केसीको उपचारका लागि सहयोगको आह्वान गरेको थियो । उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया