पार्टी फुटाएर गद्दारी नगरौं– नेता रावल

समाधान संवाददाता २०७७ मंसिर ३ गते १०:४०

काठमाडौं

Advertisement

नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टी फुटाएर देश र जनताप्रति गद्दारी नगर्न नेतृत्वलाई आग्रह गरेका छन्।

नेता रावलले पार्टीभित्रको जारी विवाद विधि र पद्धतिको पालनाबाट नै समाधान हुनेमा जोड दिएका छन्।

उनले बुधबार ट्विटरमा लेखेका छन्, ‘बैठकबाटै समाधान खोज्नुपर्छ।’

नेता रावलले कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय मान्न पनि आग्रह गरेका छन्।

Advertisement

उनले भनेका छन्, ‘फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।’

तपाईको प्रतिक्रिया