मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने
समाधान संवाददाता
२०७७ मंसिर ३ गते १०:५४

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो एक बजेलाई बोलाएको मन्त्रिपरिषद्को बैठकको समय एक घण्टा पछि सरेको छ ।
सोमबार र बिहीबार नियमित बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आजका लागि बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भनिएको थियो ।
आज एक बजे बालुवाटारमा नै नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बस्ने तय गरिएको थियो ।
प्रधानमन्त्रीले सोही समयमा नै मन्त्रिपरिषद् बैठक बोलएपछि अन्यौल सिर्जना भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया