राष्ट्रपतिसँग छलफल गरेपछि बालुवाटार फर्किए प्रधानमन्त्री ओली
समाधान संवाददाता
२०७७ मंसिर ३ गते १२:३५

काठमाडौँ
राष्ट्रपति विद्यादेवी भण्डारीसँग झण्डै एक घण्टा भेटवार्ता गरेर प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार फर्किएका छन्।
पार्टी भित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास गएका थिए ।
यसअघि ओलीले मंगलबार बेलुका पनि राष्ट्रपतिसँग भेट गरेका थिए । मंगलबार चिनियाँ राजदूतसँगको भेटपछि उनी शीतल निवास गएका थिए।
ओली भन्दा पहिले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शीतल निवास गएर राष्ट्रपतिसँग भेट गरेका थिए।
नेकपाको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बालुवाटारमा बस्दैछ।
सम्बन्धित
तपाईको प्रतिक्रिया