१० दिनपछि फेरि बस्ने गरी सकियो नेकपा सचिवालय बैठक
समाधान संवाददाता
२०७७ मंसिर ३ गते १५:१०

काठमाडौं
बालुवाटारमा बसेको नेकपामा सचिवालय बैठक सकिएको छ।
१० दिनपछि अर्थात मंसिर १३ गते फेरि बस्ने गरी आजको बैठक सकिएको नेकपा स्रोतले जनाएको छ ।
अब बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।
यसअघि कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक प्रतिवेदन पेस गरेका थिए।
उक्त प्रतिवेदनमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई सही दिशा दिन नसकेको आरोप लगाएका थिए।
यस्तै १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक समेत बोलाइएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया