मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिलामन्त्री आङ्बोलाई हटाए

समाधान संवाददाता २०७७ पुष ११ गते १९:५२

काठमाडौं

Advertisement

प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् ।

प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ उनलाई पदमुक्त गरेका हुन् ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेको जानकारी दिए ।

‘नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गर्नुभएको छ’ उनले भनेका छन् ।

Advertisement

मुख्यमन्त्री राई, नेकपा ओली समूहका हुन् । पूर्व माओवादी खेमाकाआङ्बो प्रचण्ड-नेपाल समूह समूहमा लागेका छन् । यो समूहले मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन् ।

प्रचण्ड-माधव समूहका सांसदहरको हस्ताक्षर संकलन भइरहेको छ ।

तपाईको प्रतिक्रिया