नेकपा विवादः सुदुरपश्चिमका पूर्वाधार मन्त्री बर्खास्त
समाधान संवाददाता
२०७७ पुष १४ गते १२:००

समाधान संवाददाता, पाेखरा ।
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई आजै बर्खास्त गरेका उनका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
बोहरा प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए ।
बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया