अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियाेग प्रस्ताव

एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एउटै कार्यकालमा दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएकाे छ।
डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलाको आधारमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्।
यो प्रस्तावमाथि बुधबार मतदानकाे तयारी भएकाे सीएनएनले लेखेको छ।
जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता लिने तयारी भइरहेका बेला त्यसकाे नौ दिनअघि ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको हो।
डेमोक्र्याट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए।
महाअभियोग प्रस्तावमा ट्रम्पको लगातारको चुनाव जितेको दाबी र गत जनवरी ६ को भिडमा गरेको भाषणको सन्दर्भ उल्लेख छ। यसमा ट्रम्पले जर्जियाका मन्त्रीलाई आफूलाई जित्न पर्याप्त मत व्यवस्था गर्न गरेको फोन कलबारे पनि उल्लेख छ।
तपाईको प्रतिक्रिया