देउवा चढेको हेलिकोप्टर गोरखामा आकस्मिक अवतरण
समाधान संवाददाता
२०७७ माघ १ गते १३:०७

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर आज गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए ।
गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिएका छन् ।
देउवा पर्वतमा पार्टीको कार्यक्रमको सिलसिलमा कैलाश एअरको हेलिकप्टरमा पर्वत जान लागेको पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले बताए ।
गोरखाको आँपपिपल र सिरानचोकमा गरी २ ठाउँमा हेलिकोप्टर रोक्नु परेको र १ घन्टापछि पोखरा हुँदै सभापति देउवा चढेको हेलिकोप्टर अहिले पर्वत आइपुगेको कांग्रेस नेता अशोक जोशीले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया