प्रचण्ड नेपाल समूहले ओली र विष्णु पौडेललाई हटायाे

समाधान संवाददाता २०७७ माघ १९ गते १७:२३

काठमाडौं

Advertisement

नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गर्ने स्थायी कमिटी बैठकको निर्णय अनुमोदन गरेको छ।

आज सोमबार बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले महासचिवको जिम्मेवारीमा रहेका विष्णु पौडेललाई पनि हटाउने निर्णयको अनुमोदन गरेको छ।

२५ प्रतिशतभन्दा बढी सदस्यले पार्टीको विधान अनुसार बैठक माग गरेअनुसार बसेको बैठकले स्थायी कमिटीको प्रस्तावअनुसार केपी शर्मा ओलीलाई साधारण सदस्यबाट निष्काशन गर्ने र पौडेललाई महासचिवको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो।

बैठकले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगलाई लिखित रुपमा पत्र लेख्ने निर्णय पनि गरेको छ। यस्तै, बैठकले म्यानमार घटनाको निन्दा गरेको छ। म्यानमारमा सोमबार सेनाले गरेको ‘कू’को नेकपाले निन्दा गरेको हो।

Advertisement

तपाईको प्रतिक्रिया