ओलीलाई साधारण सदस्यबाटै निकाल्यो दाहाल नेपाल समूहले
समाधान संवाददाता
२०७७ माघ १९ गते १७:३६

काठमाडौं
नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यबाट हटाएको छ । सोमबार बसेको समूहको केन्द्रीय समिति बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठकाअनुसार यसअघि स्थायी समितिले महासचिव विष्णु पौडेललाई पदमुक्त गर्ने निर्णयलाई अनुमोदन गरेको छ । श्रेष्ठले निर्वाचन आयोगलाई आधिकारिक पार्टी आफूहरु रहेको जानकारी दिँदै पत्र लेख्ने निर्णय बैठकले गरेको जानकारी दिए । बैठकले जारी संघर्षलाई सशक्त बनाउने पनि निष्कर्ष निकालेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया