मन्त्री चुमान र थापाले बुझाए राजीनामा
समाधान संवाददाता
२०७७ चैत २५ गते १६:३३

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका दुई जना माओवादी मन्त्रीले राजीनामा दिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष बुधबार दिउँसो राजीनामा बुझाएका हुन् ।
बुधबार बिहान बसेको माओवादी संसदीय दलको बैठकले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । आजदेखि प्रदेशसभाको विधेयक अधिवेशन सुरु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया