अधिवेशन अन्त्य भएपछि गण्डकी प्रदेश सभाका ४ दल छलफलमा, रणनीति तय गरिदैं

समाधान संवाददाता २०७८ वैशाख २ गते १३:१५

समाधान संवाददाता, पोखरा ।

Advertisement

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढाल्ने तयारीमा रहेका ४ दल पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल गर्न सम्युक्त बैठक बसेका छन् ।

मुख्यमन्त्री गुरुङ विरुद्ध प्रदेश सभामा आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भैरहेको बेलामा एकाएक प्रदेश सभाको अधिवेशन अन्त भएपछि दलहरु छलफलमा जुटेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बैंशाख १ गते राती १२ बजेदेखि नै प्रदेश सभा अधिवेशन अन्त भएको जानकारी प्रदेश सभालाई गराएकाा छन् । उनको पत्र विहीबार विहान साँढे १० बजे संसद सचिवालयमा दर्ता भएपछि दलहरु अब कसरी अघि बढ्ने भन्ने छलफल गर्न बैठकमा जुटेका हुन् ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका सांसद सहभागी छन् ।

Advertisement

आजै अविश्वासको प्रस्ताव दर्ता गर्ने र सो प्रस्ताव उपर चालु संसद अधिवेशनमै छलफल तथा निणयार्थ प्रस्तुत गर्ने तयारी गरेका दल अधिवेशन अन्त भएपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न छलफलमा जुटेको नेपाली कांग्रेसका एक प्रदेश सांसदले समाधानलाई बताए ।

तपाईको प्रतिक्रिया