गृहमन्त्री थापा राष्ट्रिय सभाको उपनिर्वाचनमा उमेद्वार
समाधान संवाददाता
२०७८ वैशाख १० गते १६:२२

काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापालाई नेकपा एमालेले राष्ट्रिय सभा उमेद्वार बनाउने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको एमालेको बैठकले थापालाई नै उमेद्वार बनाउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेसँगै थापा एमालेका अध्यक्ष ओलीसँगै गएपछि माओवादीले उनलाई कारबाही गरेको थियो ।
कारबाही गरेपछि थापा राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएका थिए । रिक्त स्थानमा आगामी जेठ ६ गते निर्वाचन हुँदैछ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया