दिल्लीका अस्पतालमा अक्सिजनकाे अभाव, काेराेना संक्रमित बिरामी मर्दै

रासस÷एएनआई ।
भारतकाे राजधानी दिल्ली लगायतका काेराेना संक्रमण बढेका शहरमा प्राण वायु भनेर पनि चिनिने अक्सिजनकाे अभाव भएकाे छ ।
अहिलेसम्म प्रभावकारी उपचार पत्ता नलागेकाे काेराेनाकाे उपचारमा सबै भन्दा बढी प्रभावकारी हुने अक्सिजन ग्यास कै अभाव हुँदा अस्पतालमा विरामीकाे मृत्युदर बढ्न थालेकाे छ ।
बिरामीका आफन्त अक्सिजनकाे खाेजीमा भाैतारिन थालेका छन् भने अस्पतालका डाक्टरहरु बिरामी मरेकाे दृश्य हेर्दै रुदै गरेका दृश्य देखिन थालेका छन् ।
दिल्ली सरकारकाे मातहत मै रहेकाे गाेल्डेन गेट अस्पतालमा शनिबारमात्र अक्सिजनकाे अभाव भएकै कारण २५ भन्दा बढीकाे मृत्यु भएकाे छ । केही अस्पतालले केही घण्टाकाे लागि मात्र अक्सिजन रहेकाे भन्दै सरकारसँग गुहार मागेका छन् ।
सरकारी सिस्टम पनि पुरै फेल जस्तै देखिएकाे छ । यद्यपि प्रधानमन्त्री नरेन्द्र माेदीले लगातार बैठकहरु गरेर स्थिति सामान्य पार्ने उपाय खाेजी रहेका छन् ।
स्थिति यति भयावह छ कि भारतमा कोरोनाभाइरसबाट एकैदिन सङ्क्रमित भएकाहरुको सङ्ख्या साढे तीन लाख पुग्न लागेको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका हुन् ।
यो सङ्ख्या कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको पनि अधिकारीहरुले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् ।
योसँगै भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको पाइएको छ ।
कुल सङ्क्रमित मध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्याङ्क छ ।
त्यसैगरी अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना सङ्क्रमणमुक्त भइसकेका छन् । ती मध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् ।
भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुदै गएको छ ।
तपाईको प्रतिक्रिया