अविश्वास प्रस्ताव भाेलि नै टेबुल हुने
समाधान संवाददाता
२०७८ वैशाख १२ गते १४:००

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धकाे अविश्वासकाे प्रस्ताव भाेलि साेमबार नै प्रदेश सभामा टेबुल हुने भएकाे छ ।
आज बसेकेा कार्य व्यवस्था परामर्श समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
नेपाली कांग्रेसकाे नेतृत्वमा गण्डकी प्रदेश सभाका २८ जना सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गर्दै प्रदेश सभाकाे विशेष अधिवेशन माग गरेका थिए ।
प्रदेश प्रमुख अमिक शेरचनले साेही माग अनुसार बैशाख १३ गतेका लागि विशेष संसद आब्हान गरेका थिए ।
विशेष अधिवेशनकाे पहिलाे दिन नै अविश्वासकाे प्रस्ताव टेबुल हुने भएकाे हाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया