पोखरा विश्वविद्यालयका सबै परीक्षा स्थगित
समाधान संवाददाता
२०७८ वैशाख १३ गते १९:२७

समाधान संवाददाता, लेखनाथ ।
पोखरा विश्वविद्यालयले सवै परीक्षा अनिश्चित समयको लागि स्थगित गरेको छ ।
विश्वविद्यालयले सोमवार परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि विहानै सीसीएमसीको निर्णय आएको भन्दै अर्को सूचना नभएसम्म परीक्षा रद्ध गरेको सूचना निकालेको छ ।
परीक्षा नियन्त्रक प्रा डा टेकराज ज्ञवालीले सरकारको निर्णयपछि मात्र परीक्षा हुने बताएका छन् । विश्वविद्यालयको प्रशासन खुल्ने र सबै प्राध्यापकहरुलाई अनलाईन माध्यमवाट अध्यापन गराउन र विद्यार्थीहरुलाई सोही अनुसार अध्ययन गर्न उपकुलपति प्रा डा प्रेम नारायण अर्यालले अनुरोध समेत गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया