पिसिआर माग्दै सदन अवरुद्ध गर्ने तयारी

समाधान संवाददाता २०७८ वैशाख १४ गते १२:२०

समाधान संवाददाता, पोखरा

Advertisement

सत्तारुढ नेकपा एमालेले आज गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

प्रदेश सभाको विशेष अधिवेशनको दोस्रो बैठकमा पिसिआर परीक्षण माग गर्दै बैठक अवरुद्ध गर्ने तयारी गरेको एमालेका एक सांसदले बताए ।

विशेष अधिवेशनको पहिलो बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पिसिआर परीक्षण माग गर्दै बैठकको सुरुआतमै आपत्ति जनाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया