मनकुमारी र खिमविक्रमकाे एकै ठाउमा उपचार भैरहेकाे छ–चरक हस्पिटल

चरक मेमाेरियल अस्पतालमा उपचारार्थ भर्ना भएका जनमाेर्चाका सांसद खिमविक्रम शाहीकाे पिसिआर रिपाेर्ट
समाधान संवाददाता, पाेखरा ।
चरक मेमाेरियल हस्पिटलले आफ्नाे काेभिड उपचार कक्षमा गण्डकी प्रदेश सभाका २ जना सदस्यकाे उपचार भैरहेकाे बताएकाे छ ।
अस्पतालका प्रबन्ध निर्देशक कपिल काेइरालाका अनुसार काेराेना पाेजिटिभ भएका नेपाली कांग्रेसका मनकुमारी गुरुङ र जनमाेर्चाका खिमविक्रम शाहीकाे एकै ठाउमा उपचार भैरहेकाे बताए ।

केही मिडियाले खिमविक्रमलाई काेराेना संक्रमण नभएकाे, यत्तिकै भर्ना गरिएकाे भन्दै समाचार प्रकाशित गरेकाेमा पनि उनले आपत्ति जनाएका छन् ।
दुवै जना माननीय अस्पतालमा भर्ना गरेरै उपचार गराउनु पर्ने अवस्थामा हुनुहुन्छ, यस्ताे संवेदनशील अवस्थामा अमानवीय टिप्पणी गर्नु हुन्न– पाेखरेलले समाधानसँग भने ।
समाधानले सांसद शाहीकाे काेराेना परिक्षण रिपाेर्ट पनि पाएकाे छ । उनकाे काेराेना परिक्षण रिपाेर्ट पाेजेटिभ छ ।

तपाईको प्रतिक्रिया