७ अध्यादेश जारी

समाधान संवाददाता २०७८ वैशाख २१ गते १७:५३

काठमाडौं, २१ वैशाख

]राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न सातवटा अध्यादेश जारी गरेकी छन्।

उनले मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Advertisement

यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश ०७८ छन्।

Advertisement

तपाईको प्रतिक्रिया